रुस-युक्रेन युद्ध : नौ हजार युक्रेनी सैनिक मारिए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । रुसी हमलामा करिब नौ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब नौ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब र्नौ हजार नायकहरूमध्ये हुन सक्ने उनले बताए ।

ADVERTISEMENT

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरूले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा तीन हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज