सिंगापुरमा समलिंगीलाई कानुनी मान्यता

Read Time = 1 min

सिंगापुर । सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । यसको अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ । समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गर्नुभएको हो । यो कानुन खारेज भएपछि पुरुष समलिंगी यौनलाई कानुनी मान्यता प्राप्त हुनेछ ।

गे-सेक्सको बारेमा वर्षौंको बहसपछि, यो महत्वपूर्ण निर्णय यस दिशामा आएको छ । देशका प्रधानमन्त्री ली सिएन लुङले राष्ट्रिय टेलिभिजनमार्फत यो घोषणा गर्नुभएको हो । सिंगापुरमा एलजिबीटी समुदायका कार्यकर्ताहरूले यो कदमलाई मानवताको विजयको रूपमा परिभाषित गरेका छन् ।

ADVERTISEMENT

भारत, ताइवान र थाइल्याण्ड जस्ता एशियाका धेरै देशहरूले एलजिबीटी अधिकारका सम्बन्धमा केही सार्थक कदम चालेका छन् र त्यसपछि सिंगापुर यस दिशामा कदम चाल्ने अर्को देश बनेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज