कराँची । पाकिस्तानकी दिग्गज गायिका तथा ‘बुलबुल-ए-पाकिस्तान’नामबाट चर्चित नय्यरा नुरको निधन भएको छ । उहाँको ७१ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई साहित्य, कला, विज्ञान, खेल क्षेत्रको सर्वोच्च सम्मान ‘तमगा-ए-हसन कारकुर्दगी’बाट पनि सम्मान गरिएको थियो । यसका साथै विभिन्न किसिमका सम्मानबाट उनलाई सम्मान मिलिसकेको छ ।
उहाँका ‘तेरा साया जहां भी हो सजना’, ‘पलक बिछा दूं’, ‘मुझे दिल से ना भुलाना’, ‘चाहे रोके जमाना’, ‘टूट गया सपना’, इतना भी ना चाहो मुझे, ‘तू ही बता’, ‘पगली पवन’, ‘वतन की मिट्टी गवाह रहना’, ‘ऐ जज्बा-ए-दिल’जस्ता गीत भारत पाकिस्तानमा निकै लोकप्रिय रहेका छन् । उहाँले थुप्रै गजल पनि गाउनुभएको छ । एजेन्सी ।






