दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए सफाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मानहानि मुद्दामा सफाइ पाएका छन् ।

उनीसँगै राउज एभिन्यू अदालतले शनिबार उपमुख्यमन्त्री मनीष सिसोदिया र योगेन्द्र यादवलाई पनि सफाइ दिएको हो ।

ADVERTISEMENT

उनीहरूविरुद्ध अधिवक्ता सुरेन्द्र शर्माले मुद्दा दायर गरेका थिए । जसको सन् २०१३ को विधानसभा चुनावमा अन्तिम समयमा उम्मेदवारी रद्द भएको थियो ।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसीएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले दाबी गरे अनुसार मानहानिको मुद्दा स्थापित हुने आधार नदेखिएको बताएका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा केजरीवाल, सिसोदिया र यादव अदालतमा उपस्थित थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज