उत्तर कोरियाद्वारा निश्स्त्रीकरण सहायता प्रस्ताव अस्वीकार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई ‘मूर्ख“ योजना बताएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।

किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेको राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

ADVERTISEMENT

‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौं’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढिवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज