काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उहाँहरुको समर्थक निराश बनेका छन् ।
काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उहाँहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उहाँहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भन्नुभएको छ ।
यी दुई मेयरको घोचपेच र व्यंग्यले उहाँहरुको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उहाँहरुले ‘लौरो’ चुनाव चिह्न पाउनु भएको थियो। सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रुपमा उहाँहरु निर्वाचित हुनु भएको हो ।
उहाँहरुबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराउनु भएको छ ।
कलाकार गिरीले फेसबुकमा लेख्नुभएको छ, ‘ लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts