टोकियो। जापानमा एकैदिन दुई लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। बिहीबार एकैदिन दुई लाख ५५ हजार ५२ जनामा कोरोना संक्रमित फेला परेको विदेशी सञ्चार माध्यमले जनाएका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार चार लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा जापानमा दुई लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्। कोभिडका कारण देशभर एकै दिनमा २८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहीबार २७ हजार ४५३ नयाँ सङ्क्रमित थपिएका छन् । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts