मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

ADVERTISEMENT

विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् ।

केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज