भोजपुरमा तीस दिन संचालन भएको भाषा कक्षा प्रभावकारी

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । ‘ज्वजलपा’ यो शब्द नेपाल भाषाको हो, नेपालीमा भन्दा नमस्कार । नेवा समुदायको बसोवास रहेको भोजपुरमा नेपाल भाषा बोल्ने कमै मात्र भेटिन्थे । तर भोजपुर नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाममा संचालन भएको ३० दिने नेपाल भाषा प्रशिक्षणले भने धैरेलाई भाषा जान्ने बनाएको छ ।

नेपाल भाषालाई नेवाः समुदायले बोल्ने एउटा प्रमुख समृद्ध भाषाकारुपमा चित्रण गरिएको छ । यही कुरालाई ध्यानमा दिएर नेवाः मिसा दबु भोजपुरले ३० दिने नेपाल भाषा प्रशिक्षणको आयोजना गरेको अध्यक्ष अवनी शाक्यले बताउनु भयो । शाक्यले भन्नुभयो, 'आफनो समुदायको भाषा सवैले जान्नु आवश्यक भएकाले नगरपालिकासँगको सहयोगमा ३० दिने प्रशिक्षण संचालन गरिएको थियो, यो प्रशिक्षणमा बालबालिका देखि बृद्धबृद्धासम्मको उल्लेख्नीय सहभागिता पाईयो ।'

एक सय १० जनाको सहभागिता रहेको नेपाल भाषा प्रशिक्षण बुधवारबाट सकिएको छ । सहभागीहरूलाई नेपाल भाषाका जानकार अमृका ताम्राकार, भरतकुमार ताम्राकार र प्रेम शाक्य प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक ताम्राकारले भन्नुभयो, 'मातृ भाषा सिकेर बाहिर काम छैन भन्ने बितृष्णा पैदा गरिएको सन्दर्भमा भोजपुरमा संचालन भएको प्रशिक्षणले सवैलाई हौसला प्रदान गरेको छ ।' नेपाल भाषा मान्यता प्राप्त भएकाले स्थानीय तहका सरकारहरुले पनि आफनो क्षेत्रका भाषाहरुलाई संरक्षण र जर्गेना गर्न सकारात्मक सहयोग गर्नु पर्ने प्रशिक्षण ताम्राकारको भनाई रहेको छ ।

प्रशिक्षणका सहभागिहरुलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले प्रमाण पत्र बितरण गर्नु भएको थियो । भाषा सिक्ने अवसर नगरपालिका र नेवाः मिसा दबु भोजपुरले दिएकोमा सहभागिहरु समेत उत्सायी बनेका छन । एक महिनासम्म भाषा कक्षा लिएका सुदर्शन प्रधाले नेपाल भाषामा राम्रो दखल नभए पनि अव भने केही जान्ने भएको बताउनुभयो ।

ADVERTISEMENT

विद्यालयमा अध्ययन गर्दै गरेका बालबालिकाहरुले समेत उत्साहका साथ नेपाल भाषाको प्रशिक्षण लिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?