एनआरएनए जापानमा विवादको समाधान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-पूर्ण चलाउने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो समयदेखिको विवाद समाधान भएको छ ।

२०२१ को जुलाई ३० तारिख सम्पन्न एनआरएनए जापानको निर्वाचन निष्पक्ष नभएको भन्दै असन्तुष्ट पक्ष अनिता गुरुङ समूहले निर्वाचित अध्यक्ष शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमितिलाई बैधानिक नभएको आरोप लगाउदै आइरहेको थियो ।

मंगलबारको वार्तामा अनिता गुरुङ समूहले शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमितिलाई बैधानिक स्वीकार्ने सहमति गरेपछि एनआरएनए जापानमा लामो समयदेखि बल्झिएको बिबादले निकास पाएको हो ।

मंगलबार टोकियोमा एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको संयोजनमा बसेको वार्तामा शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमितिलाई कायम गर्दै अनिता गुरुङलाई संरक्षकमा मनोनित गर्ने सहमती पनि भएको छ ।

ADVERTISEMENT

संरक्षक अनिता गुरुङ समूहमा रहेका केही ब्यक्तिहरुलाई आवश्यकता अनुसार बिभिन्न्न बिभागहरुमा चयन गर्ने सहमति पनि बार्तामा भएको छ ।

बिभिन्न बिभागहरुमा मनोनयन गर्नका लागि एनआरएनए उपमहासचिव ओम गुरुङको संयोजकत्वमा ३ सदस्यिय समितिको पनि गठन गरिएको छ । उक्त समितिको सदस्यमा अध्यक्ष पौडेल र संरक्षक गुरुङलाई राखिएको छ ।

मंगलबारको सहमति एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यासिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धिराज घिमिरे, बिजय थकाली, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र सचिव शान्त पहरीको रोहबरमा भएको थियो ।

बार्तामा आगामी निर्वाचन निष्पक्ष गर्ने, बिभिन्न आवश्यक समितिहरुको गठन गर्ने, सदस्यता बितरणको मापदण्ड तयगर्ने, संस्थाको खाता भन्दा बाहिर रहेको रकम खातामा ल्याउने लगायतका बिषयमा पनि निर्णय भएको दुवै पक्षले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज