ताइपेय भ्रमणमा रहेको अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ताइपेय । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।

एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो ।

ADVERTISEMENT

म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको छ ।

ताइवानलाई अमेरिकाले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ । चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज