अन्तर्राष्ट्रिय नेपाली समाज जापानको पुनर्गठन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-पूर्ण चलाउने

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन हुनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज जापान डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रवास संगठन हो ।

ADVERTISEMENT

आइतबार टोकियोमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा पुनर्गठन गर्ने निर्णय गरेको हो। बैठकले प्रकाश केसीलाई अध्यक्ष चयन गरेको छ भने महासचिवमा मोती गुरुङलाई चयन गरेको छ।

त्यसैगरी बैठकले पूर्व अध्यक्षहरुलाई संरक्षक चयन गर्दै सल्लाहकार समिति पनि निर्माण गरेको छ । तत्काललाई ३५ सदस्यिय केन्द्रीय समितिको गठन गरेको संगठनले जनाएको छ।

पुनर्गठन बैठकमा, केन्द्रीय सदस्य सरिता ढकाल, संघिय परिषद सदस्य पदमसिंह ठगुन्ना, प्रवास प्रदेश समितिको कोषाध्यक्ष धन बहादुर बि.क लगायतका संगठनका जिम्मेवार व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज