अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो

Read Time = 1 min

सिड्नी । अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।

गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए । घट्नलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?