श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कोलम्बो । श्रीलङ्काले शनिबार चिनियाँ जहाज युआन वाङ-५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अनलाइनका अनुसार श्रीलंका सरकारले युआन वाङ-५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ। ‘युआन वाङ-५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ। अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढीला भएको’ टाइम्स अनलाइनले जनाएको छ।

यस अघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चिनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो।

यसै बीच श्रीलंकाको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ।

ADVERTISEMENT

हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देश बीचको हार्दिक द्वीपक्षीय सम्बन्ध माथि प्रकाश पारेका थिए । यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ ।

यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा विकास गरिएको दाबी गरेको छ । सो विमान सन् २००७ मा निर्माण गरिएको हो र यसले ११, ००० टन भार बहान क्षमता राख्दछ।

  • एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज