जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।

ADVERTISEMENT

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ ।

आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज