रुस्दीप्रति फ्रान्सको सहानुभूति, राष्ट्रपति म्याक्रोँ भन्छन्-पहिलेभन्दा धेरै उहाँको पक्षमा छौँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

न्युयोर्क । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् । भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।

‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने ।

ADVERTISEMENT

शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।

आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज