बढिरहेको छ पृथ्वीको दिनको समय !

Read Time = 3 mins

नयाँदिल्ली । पृथ्वीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । विश्वभरका एटोमिक क्लक्सले गणना गर्दै पृथ्वीको दिनको समय रहस्यमयी तरिकाले बढिरहेको बताएको हो । यसले हाम्रो समयको गणनामा मात्रै नभई जिपिएस, नेभिगेसन र सञ्चारसम्बन्धी थुप्रै अन्य प्रविधिमा पनि समस्या निम्त्याउने आंकलन गरिएको छ ।

धर्तीको दिनको गणना यसको कक्षमा परिक्रमाद्वारा गणना गरिन्छ । तर, धर्तीले आफ्नो कक्षमा घुम्ने गति लगातार बढिरहेको छ । पछिल्ला केही दशकदेखि हाम्रो दिन छोटो भइरहेको थियो । जून २०२२ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि गरियो । अर्थात् पछिल्लो आधा शताब्दीमा यो सबैभन्दा छोटो थियो । तर, यो रेकर्ड स्थापित भए पनि अब धर्तीले गति मन्द पारिरहेको छ । दिन लम्बिँदै छन् । यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन ।

ADVERTISEMENT

हाम्रो फोन वा घडीले यही २४ घण्टाको सटिक समय देखाइरहेको छ । तर, पृथ्वीले २४ घण्टामा लगाउने चक्कर अब केही समय बढी लिइरहेको छ । साधारणतया यो परिवर्तन करोडौँ वर्षमा हुने गर्छ । यति छिटोछिटो होइन । यद्यपि, वैज्ञानिकका अनुसार यसको कारण धर्तीमा आउने भूकम्प र आँधी पनि हुन सक्छन् ।

पछिल्लो थुप्रै दशकदेखि धर्तीको आन्तरिक संरचना र सतहबीच एक सम्बन्ध बनेको छ । यदि कुनै ठूलै भूकम्प आयो भने यसले धर्तीको दिनको लम्बाइलाई परिवर्तन गरिदिन्छ । भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ तीव्रताको भूकम्पले धर्तीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्ड बढाइदिएको थियो । यो त ठूलो घटना भयो । यसका साथै यस्ता स–साना घटना भइरहन्छन् जसले धर्तीको दिनको समयलाई बदल्ने काम गर्छ जस्तै– जलवायु परिवर्तन, मौसम परिवर्तन आदि । यसले धर्तीको घुम्ने गतिलाई हरेक दिशाले प्रभावित गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज