‘व्यवसाय प्रवद्र्धनमा इन्डियन ज्वेलरी शो उपलब्धिमूलक’

Read Time = 3 mins

काठमाडौं । भारतको मुम्बईमा भएको इन्डियन इन्टरन्यासनल ज्वेलरी शो (आइआइजेएस) सुनचाँदी व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली व्यवसायीले बताएका छन् । मेला यही साउन १९ देखि २३ सम्म भारतको मुम्बईमा भएको थियो । मेलामा नेपाल र भारतका सुनचाँदी व्यवसायीबीच सुनचाँदी व्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका विषयमा परामर्शसमेत भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपाली प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशबीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न सहयोग पुगेको बताउनुभयो । मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामुलगायत महासंघका देशभरबाट छानिएका प्रतिनिधि सहभागी थिए ।

महासंघका अनुसार मेलाका अवसरमा भारतको जेम्स एन्ड ज्वेलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसी लबिङ डाइरेक्टर सुरुचि खिन्द्रियालगायतसँग दुईपक्षीय परामर्श भएको थियो । सो अवसरमा इन्डियन इन्स्टिच्युट अफ जेम्स एन्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानीलगायतसँग पनि महासंघको प्रतिनिधिमण्डलले छलफल गरेको थियो ।

ADVERTISEMENT

नक्कली बिल बनाएर नक्कली गरगहना कारोबार
नक्कली बिल बनाएर नक्कली गरगहना कारोबार गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको भन्दै महासंघले सचेत गराएको छ । गिरोहले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेकोसमेत पाइएको नेपाल महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताउनुभएको छ ।

सोहीक्रममा ललितपुर सुनचाँदी व्यवसायी संघको एक प्रतिनिधिमण्डलले बुधबार महासंघलाई सो सम्बन्धमा जानकारी गराउँदै उल्लेखित गतिविधिबाट सचेत रहन ग्राहकलाई पनि आग्रह गरेको छ । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहबाट जोगिन व्यवसायी तथा उपभोक्तालाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज