तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी कटौती

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बेइजिङ । चिनियाँ इ-कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।

कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ ।

ADVERTISEMENT

कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआन थियो ।

अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो । माले सन् २०१५ मा ड्यानियल झाङलाई सीईओ र सन् २०१९ मा अध्यक्षको रूपमा नियुक्त गरेपछि कम्पनीमा ठूलो फेरबदल भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज