कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड-१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे ।

ADVERTISEMENT

महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो ।

उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका विरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । जुलाई २९ देखि प्योङयाङले भाइरसका कुनै पनि केस रिपोर्ट गरेको छैन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज