ज्योति लाइफको विशेष साधारणसभा

Read Time = 2 mins

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्ससँग गाभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृति गरेको छ । मंगलबार बसेको सभाले मस्यौदा स्वीकृति गरेको हो । साथै विशेष साधारणसभाले सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बिमा समितिसमक्ष निवेदन दिने, सेयर कारोबार रोक्काका लागि पत्राचार गर्ने विषयमा भएको सञ्चालक समितिको निर्णय पनि अनुमोदन गरेको छ ।

ADVERTISEMENT

त्यस्तै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्ति सम्बन्धमा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्यका लागि सञ्चालक समितिबाट मूल्यांकनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णयलाई पनि अनुमोदन गरेको छ । साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?