इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इजरायल । इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।

प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम भएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ ।

ADVERTISEMENT

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको थियो ।

पछिल्ला तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको मृत्यु् भएको थियो । तीन सय भन्दा बढी घाइते भएका थिए ।

पछिल्लो भिडन्तलाइ इजरायल र गाजाबीच २०२१ को मे मा भएको हिंसापछिको ठूलो र गम्भीर मानिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज