पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?