९ वटै क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

Read Time = 1 min

इस्लामाबाद । पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त नौ वटै स्थानमा उपनिर्वाचन हुँदै छ ।

ADVERTISEMENT

आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग खडा गरेको छ ।

पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज