नयाँ दिल्ली। भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित हुनुभएको छ । धनखडले कुल खसेको मतमा ५२८ प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।
उहाँलाई भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो ।
विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १८२ भन्दा कम मत प्राप्त गर्नुभएको छ । भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ ।
धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नु हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts