गाजा हिंसामा २४ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गाजा सिटी । गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन् । मृत्यु हुनेमा ६ जना बालबालिका छन् । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ ।

शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन् ।

ADVERTISEMENT

सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो द्वन्द्वमा २०० भन्दा बढी प्यालेस्टाइनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि इजरायल र गाजाबीच पछिल्लो गम्भीर हिंसा हो ।

प्यालेस्टिनीहरूको मृत्यु र २०३ जना घाइते हुने गरी भएका हमलामा इजरायली आक्रमण दोषी रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज