ताइवाननजिकै चीनले शुरु गर्यो सैन्य अभ्यास, अमेरिकाको आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ताइवान । चीनले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । बिहीबारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्।

त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको हो ।

बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पीएलएले ताइवाननजिकै एक संयुक्त सैन्य अभ्यास सुरु गरेको हो। चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ।’

ADVERTISEMENT

समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ। ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ।

यता अमेरिकाले चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उसले चेतावनी दिएको छ ।

‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने ।

सुलिभानले बेइजिङलाई ताइवान स्ट्रेटमा तनाव कम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज