ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज: नेन्सी पेलोसी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ताइपेय । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।

पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’

ADVERTISEMENT

अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका-ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् ।

चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज