-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ सदरमुकाम तम्घासमा रहेको ब्रिलियण्ट युनाइटेड एकेडेमी जिल्ला प्रथम भएको छ ।
यस विद्यालयका विद्यार्थी साहिल बस्नेतले ३.९५ जिपिए प्राप्त गर्दै विद्यालयलाई संस्थागततर्फ जिल्लामा प्रथम बनाउन सफल हुनुभएको हो । सामुदायिक तथा संस्थागत विद्यालयतर्फ यस विद्यालय जिल्लामा द्वितीय भएको छ ।
यस विद्यालयबाट १६ जना विद्यार्थीले एसईई दिएका थिए । परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्तिर्ण भएसँगै विद्यालयले शतप्रतिशत नतिजा ल्याएको प्रधानाध्यापक सन्तोष थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये एक जना विद्यार्थीले ३.८० जिपिए र अर्को एक जना विद्यार्थीले ३.६५ जिपिए ल्याएका छन् । दुई जना विद्यार्थीले ३.५५ जिपिए ल्याएका छन् ।
त्यस्तै, ३.५० जिपिए लिएर एक जना, ३.३० जिपिए लिएर तीन जना, ३.२५ जिपिए लिएर एक जना, ३.१० जिपिए लिएर दुई जना, २.७० जिपिए लिएर एक जना, २.६० जिपिए लिएर एक जना, २.५५ जिपिए लिएर एक जना र २.३० जिपिए लिएर एक जना रहेका छन् ।
विद्यालय शतप्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै आइतबार उत्तिर्ण विद्यार्थीहरू र शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा रेसुंगा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले संस्थागत विद्यालयहरूले पनि युगअनुसारको शिक्षा प्रदान गरेको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष गुणानिधि शर्माले संस्थागत विद्यालयहरुलाई सरकारले सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि शिक्षा ऐनलाई सुधार गरेर अगाडी बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सिमित साधन र स्रोतका बीचमा पनि विद्यालयले सफलता हासिल गरेको उहाँले दाबी गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts