किभ । रुसी आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारीको निधन भएको छ । रुसी आक्रमणमा परी युक्रेनका धनी व्यापारी ओलेक्सी वदातुस्र्की र उहाँकी श्रीमती राइसाको निधन भएको हो । युक्रेनी अधिकारीहरूका अनुसार यो घटना दक्षिणी शहर माइकोलाइभमा भएको हो ।
ओलेक्सी अन्न निर्यात कम्पनी ‘निबुलन’ का मालिक हनुहुन्थ्यो । उहाँलाई ‘हिरो अफ युक्रेन’ सम्मानबाट पनि सम्मानित गरिएको थियो । फोब्र्सका अनुसार सन् २०२० मा उहाँको कुल सम्पत्ति करिब ४५ करोड डलर थियो ।
माइकोलाइभका मेयर अलेक्ज्याण्डर सेन्केभिचले आफ्नो शहरमा सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बम आक्रमण भएको बताउनुभएको छ । यसले शहरमा ठूलो क्षति पु¥याएको छ । मिकालाइभ शहर कालो सागरस्थित देशको सबैभन्दा ठूला बन्दरगाह ओडेसाको केही किलोमिटर उत्तरमा स्थित छ । फेब्रुवरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि ओडेसामा लगातार बम विष्फोट भइरहेको छ ।
यस क्षेत्रका नेता भिटाली किमले देशको कृषि र जहाज निर्माण उद्योगसँगै यस क्षेत्रको विकासमा वदातुस्र्कीको अमूल्य योगदान दिएको बताउनुभयो । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयले आफ्नो विचारमा रुसले जानाजानी वदातुस्र्कीलाई निशाना बनाएको बताएको छ । राष्ट्रपति जेलेन्स्कीले वादातुस्र्कीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।
वदातुस्र्कीको कम्पनी निबुलोनले अन्न निर्यातका लागि देशमा थुप्रै गोदाम र पूर्वाधार निर्माण गर्नुभएको थियो । रसिया र युक्रेन खाद्यान्न निर्यातको हिसाबले विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् तर यी दुई देशबीचको युद्धका कारण विश्वभर खाद्यान्न र पेय पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्याएको छ । रुसले गत फेब्रुवरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधैँ चहलपहल रहेने युक्रेनी शहरमा मसानटघाट जस्तै सन्नाटा छाएको छ ।
यता, राष्ट्रपति जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेका पूर्वी दोनेत्स्कका केही भागमा अझै बसिरहेका स्थानीय सर्वसाधारणलाई त्यहाँबाट अन्यत्र सुरक्षित गन्तव्यमा जान अनुरोध गर्नुभएको छ । भिडियोमार्फत सम्बोधन गर्दै उहाँले भन्नुभएको छ, ‘सो क्षेत्रमा युद्ध चर्कँदै गएको छ ।
दोनेत्स्क क्षेत्रबाट जति धेरै मानिस जान्छन् रुसी फौजले त्यति नै थोरै मान्छे मात्र मार्न पाउनेछ ।’ दोनेत्स्कको ठूलो भाग यसअघि नै कब्जा गरिसकेको रुसी फौज विस्तारै अघि बढ्न थालेकाले अहिले त्यहाँ भीषण भिडन्त भइरहेको छ । ‘हामी हर सम्भव तरिका अपनाएर सकेसम्म धेरै युक्रेनीको ज्यान जोगाउने र रुसी आतंक सीमित पार्ने कोशिस गर्नेछौँ’, जेलेन्स्कीले भन्नुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts