खोटाङ भूकम्प अपडेट : ४७६ घर चर्किए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लाभर तीन विद्यालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किएको छ । एक घर पूर्णरुपमा भत्किएको छ ।

आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भूकम्पको इपिसेन्टर साकेला गाउँपालिका-५ मात्तिमविर्तामा ८० घर, साकेला गाउँपालिका-१ बाझेच्यानडाँडामा १३४ घर, साकेला गाउँपालिका-४ मात्तिममा १०५ घर, साकेला गाउँपालिका-२ रतन्छामा ८८ घर र साकेला गाउँपालिका-३ खिदिमामा ५८ चर्किएको छ ।

ADVERTISEMENT

साकेला गाउँपालिका-३ खिदिमाको नवज्योति प्राविको चार कोठे, केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरको थर्पुडाँडा माविको चार कोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङको सुर्केडाँडा निमाविको चार कोठे भवन चर्किएको छ ।

केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवन चर्किएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडांईले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । भूकम्पको सम्पूर्ण क्षतिको विवरण तीन दिनभित्र पठाउन सबै स्थानीय तहहरूलाई आग्रह गरिएको प्रजिअ सेडांईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?