चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रक्रियाअघि बढाउन सभामुखसमक्ष बारको माग

Read Time = 2 mins

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।

ADVERTISEMENT

संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बारको टोली सिंहदरवार पुगेको हो । बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिनुभयो ।

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने २३ फागुनमा प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, न त समितिले न संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायधिस राणा ४ महिनादेखि निलम्बनको अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज