कारागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जेरुसेलम । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् ।

गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाहरुले वर्षौंदेखि गर्दै आएका छन् ।

ADVERTISEMENT

सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी सेलबाट बाहिर निस्किएको विषयले कारागार व्यवस्थापनको ध्यानाकर्षण गरेको थियो । गत साता आफूलाई पूर्व गार्डको रूपमा चिनाउने एक महिलाले गुमनाम रूपमा आफ्नो प्रमाण अनलाइन पोस्ट गरेकी थिइन् । आफूलाई प्यालेस्टिनी कैदीले पटक-पटक बलात्कृत गरेको उनले बताइन् ।

उनले आफूलाई वरिष्ठहरूले ‘सुम्पिएको’ र उसको ‘निजी यौन दासी’ बनेको आरोप लगाइन् । उनले भनिन्, ‘ममाथि बारम्बार बलात्कार होस भन्ने चाहन्न ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज