कर्णाली करिडोर एक सातादेखि बन्द

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मान्म । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका-८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उहाँले भन्नुभयो । हिले सडकमा ढुङ्गा-माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे-हम्मे भएको चालक खड्का बताउनुहुन्छ ।

ADVERTISEMENT

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका-७ का कृष्णबहादुर बमले भन्नुभयो । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताउनुभयो ।

सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेको र डोजर आउनासाथ सडक खुलाउने काम शुरुहुने शाहीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?