पत्रकार दिनेश महत सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

इलाम । इलामका क्रियाशील पत्रकार दिनेश महत सम्मानित हुनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा महतलाई सम्मान गरेको हो ।

निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै शनिबार फिक्कल माविको प्रांगणमा आयोजित कार्यक्रममा महतलाई नगरपालिकाले सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सूर्योदय नगरपालिकाले गरेका सकारात्मक कामको प्रचार र खबरदारी सहितको समाचार सम्प्रेषण गरी योगदान पुर्याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।

ADVERTISEMENT

महत विभिन्न संचारमाध्यममा आवद्ध हुँदै विगत ६ वर्षदेखि स्थानीय रेडियो बुद्धवाणी एफएमका संस्थापक अध्यक्ष र स्टेशन म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य समेत हो ।

यसैबीच नगरपालिकाले सोही कार्यक्रममा महतसहित अन्य विभिन्न विधाबाट ४८ जनालाई सम्मान गरेको छ ।

नगरप्रमुख रणबहादुर राईको अध्यक्षता र प्रदेश १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभाकी पूर्व सदस्य लिलादेवी श्रेष्ठ, जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराईली, नगर उपप्रमुख दुर्गा कुमार बराल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, नेपाली कांग्रेस सूर्योदय नगरसभापति जिवन नेपाल, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?