स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

म्याड्रिड । स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो ।

३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

ADVERTISEMENT

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो ।

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज