श्रीलंकामा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयास सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

कोलम्बो । श्रीलंकामा ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयास सुरु गरिएको छ । यसका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरिएको हो । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गर्नुभएको र यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग जारी रहने र एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि, यसका केही सांसदहरू व्यक्तिगत तवरमा शासकीय प्रक्रियामा सामेल हुनसक्ने विश्लेषकले बताएका छन् । सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा (एनएफएफ)ले पनि राष्ट्रपतिलाई सकारात्मक संकेत पठाएको बताइएको छ ।

यतिबेला श्रीलंकाले बढ्दो आर्थिक संकटको सामना गरिरहेको छ । सरकारले आफ्नो विदेशी ऋण चुक्ता गर्न वैदेशिक मुद्राको चलन गरेपछि सरकारले त्यसपछि खाद्यान्न, इन्धनलगायत अतिआवश्यक सामग्री खरिदका लागि समेत डलरको व्यवस्था गर्न सकिरहेको छैन भने संयुक्त राष्ट्रसंघले श्रीलंकामा ५७ लाख मानिसलाई ‘तुरुन्तै मानवीय सहयोगको आवश्यकता पर्ने’ चेतावनी दिँदै आएको छ ।

ADVERTISEMENT

मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलरमात्र
सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलंकाको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेलादेखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।

सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो । केन्द्रीय बैंकको तथ्यांक अनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो ।

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलंकालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुअघि श्रीलंका सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाटै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आहृवान गरेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज