साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

न्युयोर्क । अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको छ ।

एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कारावासको सजाय सुनाएको हो । टोरन्टोमा हुर्केका ३९ वर्षीय मोहम्मद खलिफाले २०१३ मा क्यानडा छोडेर सिरिया गएका थिए ।

ADVERTISEMENT

सन् २०१९ मा अमेरिकी समर्थित कुर्दिश फौजले कब्जामा लिनुअघि आईएस समूहको तर्फबाट दुई सिरियाली सैनिकको हत्या गरेको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

उनलाई गत वर्ष अक्टोबरमा संघीय अनुसन्धान व्युरोको हिरासतमा सारिएको थियो र डिसेम्बर १० मा विदेशी आतंकवादी संगठनलाई सहयोग गराएकोमा दोषी ठहर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज