छानबिन प्रतिवेदनमा एमालेको के छ फरक मत ?

Read Time = 2 mins

काठमाडौं । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा नेकपा एमालेले २७ बुँदे फरक मत राखेको छ ।

छानबिन विशेष समितिका ११ सदस्यीय समितिमध्ये एमालेबाट चार सांसद समितिमा थिए । एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक हुनु हुन्यो ।

उक्त प्रतिवेदनमा एमालेका चार सांसदको फरक मत पनि समावेश गरिएको छ ।

ADVERTISEMENT

एमालेले घटनाको विषयमा अनुसन्धान नै पूर्ण र पर्याप्त नभएको भन्दै बजेटमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न नसकिने भन्दै फरक मत जनाएको छ । उक्त फरक मतमा एमाले चारै जनाले हस्क्षार गर्नुभएको छ । साथै उक्त फरक मतमा अर्थमन्त्रालय लगायतको असहयोगका कारण अनसन्धान पूर्ण र पर्याप्त हुन नसकेको उल्लेख छ ।

हेर्नुहोस् फरक मत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?