काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ।
दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो।
दूतावासले भ्रमणका क्रममा सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने जनाइएको छ।
नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ। दूतावासका अनुसार मन्त्री लुले अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्नेछन्। नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले सो अवार्ड पाउँदैछ।
विदेशमन्त्री लू बिहीबार र शुक्रबार नेपालमा रहनु हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता