गुल्मीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका-२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका-२ का २२ वर्षीय दिपक परियार रहेका छन् ।

तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।

ADVERTISEMENT

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालकलाई प्रहरी चौकी पौदी अमराईले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?