न्युयोर्क । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुन लागेको हो ।
चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
आज हुने वार्ता हप्तौदेखिको योजनाबद्ध नियमित छलफल हो। पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले त्यसलाई अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो।
बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रूसको युद्धका विषयमा बेइजिङ र वासिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मंगलबार भने, ‘यस सम्बन्धमा हामीबीच यस्ता विषयहरू छन् जहाँ हामी सहयोग सम्भव छ भन्ने विश्वास गर्छौं । उदाहरणका लागि हामीलाई धेरै असर गर्ने जलवायु परिवर्तन साथै तनावका विषयहरू पनि छन् ।
बेइजिङलाई चीन सरकारको रूपमा मान्यता दिने ‘एक चीन’ नीतिप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धता रहेपनि ताइपेईसँगको अनौपचारिकसम्बन्ध र रक्षा सम्बन्धलाई पनि अमेरिका अगाडि बढाउन चाहन्छ ।
तर चीनले हालका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजना बढाएको र चिनियाँ समाजवादी भूगोलसँग एकीकरणका लागि बेइजिङको मागलाई स्वीकार गर्न ताइवानलाई दवाव दिने प्रयास गरिरहेको छ । एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts