कंगोमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित, सेनाले भन्यो: विशेष सुरक्षा सतर्कता अवलम्बन गर

Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सुरक्षित रहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो ।

‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा सहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसन विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

ADVERTISEMENT

प्रदर्शनकारीहरुले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सेनाले जनाएको छ ।

‘उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ,’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज