अंगोलामा भेटियो दुर्लभ हिरा

Read Time = 1 min

अंगोला । अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ ।
देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको छ ।

लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिजमन्त्रीले बताएका छन् । हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा (संभवत) बेचिनेछ ।

ADVERTISEMENT

यसअघि ५९ दशमलब ६ क्यारेटको पिंक स्टार सन् २०१७ मा हङकङको लिलामीमा ७१ दशमलब २ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । यो अहिलेसम्म बेचेको सबैभन्दा महँगो हिरा हो ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज