एफवान सफ्टको प्रमुख अधिकृतमा ढकाल

Read Time = 1 min

काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।

ढकाल एक उद्यमीका रूपमा चर्चित व्यक्तित्व हुनुहुन्छ । उहाँसँग २४ वर्षभन्दा बढी सफल उद्यमीको अनुभव रहेको छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेसनबाट करिअर सुरु गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँ स्वदेश फर्किएपछि उद्यमी बन्नुभयो । साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्नुभयो । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतसमेत रहनुभएका ढकालले कम्प्युटर विज्ञान र गणितमा स्नातक गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?