नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मंकीपक्सका एकजना बिरामी फेला परेका छन्। यहाँ यो रोगका बिरामी पहिलोपटक भेटिएका हुन्।
योसँगै मंकीपक्स लागेका बिरामीको संख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो। रोग पुष्टि भएका नयाँ बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ।
उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन्। अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ। यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए। विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो।
उक्त संगठनका अनुसार यो रोग संक्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ।
हालसम्म विश्वका ७५ देशमा मंकीपक्सका १६हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts