दक्षिणी जापानमा ज्वालामुखी विष्फोटः दर्जनौँ मानिसलाई घर छोड्न आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टोकियो । दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ ।

राष्ट्रिय मौसम निकायले पहाडको लागिे उच्च चेतावनी जारी गरेको छ । टेलिभिजन फुटेजमा रातो-तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ ।

क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय नगरपालिकासँग मिलेर काम गर्न निर्देशन दिएका छन् ।

ADVERTISEMENT

स्थानान्तरणमार्फत क्षति रोकथाम सुनिश्चित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आइतवारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठूला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ ।

ज्वालामुखीको धुवाँ करिब ३०० मिटर उचाइसम्म पुगेर बादलमा विलीन भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज