आबेको राजकीय अन्त्यष्टिमा पुटिनलाई सहभागी नगराइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

किभ । जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ ।

पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

कार्यक्रम मध्य टोकियोको निप्पोन बुडोकानमा हुने अनुमान छ । अन्त्येष्टि कार्यक्रममा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले विश्वभरका सबै ठूला राजनीतिक नेताहरूलाई निमन्त्रणा दिने अपेक्षा गरिएको छ ।

रुस-युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ । अहिलेसम्म टोकियोले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई सैन्य हतियार उपलब्ध गराएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज