देशी-विदेशी प्रतिक्रियावादी शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेका छन् : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरूले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको दाबी गर्नुभएको छ । शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिले नै गराएको बताउनुभयो ।

मजदुर वर्गपक्षीय शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणामस्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो । ओलीले प्रतिक्रियावादी शक्तिले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

ओलीले मजदुर वर्गको हितका लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटक-पटक दोहोर्‍याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘मजदुर वर्गपक्षीय विचारका संवाहक शक्ति, ती हितका संवाहक शक्ति, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै विभाजित गर्न खोज्दछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखापर्‍यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो ।

यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरू, मजदुर वर्गपक्षीय हितहरू, मजदुर पक्षीय संगठनहरू, संस्थाहरू, मजदुर वर्गपक्षीय आन्दोलनहरू, तिनलाई कमजोर पार्ने प्रयासहरू । किनभने अन्तिममा समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य कसको हो त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *