श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेद्वारा शपथग्रहण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथग्रहण गर्नुभएको छ । ६ पटक प्रधानमन्त्री बन्नुभएका विक्रमासिंघेले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिनुभएको हो । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथग्रहण समरोहमा सरिक भएका थिए ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्व-सार्वजनिक प्रशासनमन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

संसद्मा बुधबार भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियोे । विक्रमासिंघेले १३४ मत पाउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रपतिको चुनाव विक्रमासिंघे, अल्हपेरुमा र वामपन्थी जनता विमुक्ति पेरामुना (जेभिपी) नेता अनुरा कुमारा दिसानायके बीच भएको थियो ।

श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक वस्तुको अभाव छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज